`

गोंगबुबाट ४५ राउन्ड गोलीसहित दुई जना पक्राउ

Nepal One HD ९ जेठ २०८३ १६:४३
अपराध

काठमाडौं। काठमाडौंको गोंगबुबाट प्रहरीले एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन र ४५ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा तथा सोही स्थानका स्थायी बासिन्दा भई हाल काठमाडौं–३२ नरेफाँट बस्दै आएका २२ वर्षीय ओमशंकर गुप्ता रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार टोखा नगरपालिका–९ गोंगबुस्थित शिव मन्दिर नजिक रहेको काबेली गेष्ट हाउसमा प्रहरीले गरेको जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले उनीहरूको साथबाट एसएलआर हतियारमा प्रयोग हुने एक थान म्याग्जिन, ४५ राउन्ड गोली तथा एक थान मेटल नक बरामद गरेको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *