तेस्रो पुस्ताको स्टारशिपको सफल परीक्षण
काठमाडौं। स्पेस-एक्सको तेस्रो पुस्ताको विशालकाय स्टारशिप अन्तरिक्षयानले शुक्रबार ऐतिहासिक परीक्षण उडान सम्पन्न गर्दै भारतीय महासागरमा नियन्त्रित रूपमै स्प्ल्यासडाउन गर्यो। प्रक्षेपण यात्रा पूर्ण रूपमा समस्या रहित नभए पनि समग्रमा सफल मानिएको छ। जसले कम्पनीलाई आगामी महत्वाकांक्षी लक्ष्यहरूतर्फ एक कदम नजिक पुर्याएको छ। यो उडान एलन मस्कद्वारा संचालित कम्पनीले सम्भावित रेकर्ड हुने प्रारम्भिक सार्वजनिक प्रस्ताव अघि गरेको महत्वपूर्ण माइलस्टोन थियो।
विभिन्न किसिमका नयाँ प्रविधिहरू प्रयोग गरेर स्थानीय समय अनुसार साँझ ५:३० बजे स्टारशिपको परीक्षण गरिएको थियो । बुस्टर र माथिल्लो चरण फर्काउने योजना नभएकाले कम्पनीले स्प्ल्यासडाउनलाई अन्तिम लक्ष्यको रूपमा राखेको थियो। स्टारशिप समुद्रमुनि अवतरण गरेका आगोका लप्कासहित भए पनि पूर्ण रूपमा नियन्त्रणमा थियो
एक इन्जिनले काम नगरे पनि तेस्रो पुस्ताको स्टारशिपले उडानकै क्रममा दिशा उल्टाएर सीधा हुनुपर्ने महत्वपूर्ण ‘फ्लिप’ मुभ पूरा गरेर इन्जिनहरू पुनःप्रज्वलन गर्यो। यसले २२ वटा नक्कली उपग्रहहरू कक्षामा पठायो, जसमा दुईले अन्तरिक्षयानको हीट शिल्डको तस्वीर लिन प्रयास गरे।
तर प्रारम्भिक बर्नकै क्रममा एउटा इन्जिन बिग्रिएको कारण स्टारशिप तोकिएको कक्षामा शतप्रतिशत सही रूपमा पुगेन।
स्टारशिपको सफल प्रक्षेपण गरेपछि स्पेस(एक्सका प्रवक्ता ड्यान ह्यूट ले भने, ‘यसलाई नाममात्रको कक्षीय प्रवेश भन्न मिल्दैन, तर यो पहिल्यै विश्लेषण गरिएको मार्गभन्दा बाहिर गएको छैन।’
सुपर हेभी बुस्टर माथिल्लो चरणबाट निर्धारित समयमा छुट्टिए पनि त्यसले आफ्नो ‘बुष्ट ब्याक बर्न’ पूरा गर्न सकेन। बुस्टर मेक्सिको उपसागरमा अनियन्त्रित रूपमा खस्यो। यद्यपि स्पेस-एक्सले यसलाई फिर्ता ल्याउने योजना नगरेको भए पनि कम्पनीले अपेक्षा गरेको जस्तो शुद्ध अवतरण भने सम्भव नभएको बताइएको छ ।
‘अद्भूत उडान! तपाईंले मानवताको लागि गोल गर्नुभयो,’ स्टारशिपको सफल परिक्षण पछि एलन मस्कले एक्समा लेखेका छन्।
यसअघि बिहीबार गरिएको परीक्षण अन्तिम समयमै रोकिएको थियो। स्तारशिपको काउन्टडाउन बारम्बार रोकिँदा समस्या समाधान गर्न नसकिने भएपछि उडान स्थगित गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यसक्रममा मस्कले लेखेका थिए,‘टावर आर्मलाई समाइराख्ने हाइड्रोलिक पिन नफर्किएको रहेछ।’ तर कम्पनीले त्यो समस्या रातारात समाधान गर्यो ।
स्पेस-एक्सले यही सातामा अमेरिकी वित्तीय नियामकमा सार्वजनिक रूपले शेयर विक्रीको आवेदन दिएको छ, जुन सम्भवतः जुन महिना भरीको रेकर्ड आइपिओ बन्न सक्ने अनुमान छ। यस्तो संवेदनशील समयमा परीक्षण उडानमा सफलता कम्पनीका लागि थप महत्त्वपूर्ण उपलब्धि बनेको छ।
स्टारशिपको यो १२औँ परीक्षण तथा सात महिनापछिको पहिलो उडान हो। नयाँ डिजाइन पहिलेभन्दा ४०७ फिटले ठुलो भएको बताइएको छ । स्पेस(एक्सले चन्द्र अवतरण प्रणाली विकास गर्न ठेक्का पाएको छ, जसअनुसार ‘आर्टिमिस ’ कार्यक्रममार्फत मानवलाई पुनः चन्द्रमामा उतार्ने लक्ष्य राखिएको छ।
तेस्रो पुस्ताको स्टारशिपको सफल परिक्षणपछि एरोस्पेस विश्लेषक क्लेटन स्वोप भन्छन्, ‘अपग्रेड गरिएको स्टारशिपले स्पेस-एक्स ले आशा गरेको अधिकांश लक्ष्य पूरा गर्यो, तर अन्तिम परीक्षणपछि लामो समय बितिसकेको छ।’
नासाले २०२७ सम्ममा चन्द्रमाको कक्षमा अन्तरिक्षयान र चन्द्र अवतरण यानबीचको ‘भेटघाट’ परीक्षण गर्ने लक्ष्य राखेको छ। यसका लागि स्पेसएक्स र ब्लु ओरिजन प्रतिस्पर्धामा छन्। यसै सम्बन्धमा सोपले लेखेको छ, ‘अर्को आर्टिमिस मिशन अघि स्टारशिपलाई अझ धेरै परीक्षण उडानहरू आवश्यक छन्। यात्रा अझै धेरै बाँकी छ।’
स्टारशिपको उडान अघि र पछि नासाका अधिकारी जारेड आइज्याकम्यान लाइभ कार्यक्रममा देखिएका थिए । उनले स्टारशिपको परीक्षणपछि उनले एक्समा लेखेका छन्, ‘भी(३ स्टारशिपको अविश्वसनीय उडानमा बधाई। हामी चन्द्रमा नजिक हुँदैछौं‘ मङ्गल ग्रहतर्फ एक कदम अघि बढ्दै।’
पछिल्लो समय विश्व अन्तरिक्ष प्रतिस्पर्धा तीव्र बनिरहेको छ। चीन, रुस लगायतका शक्ति राष्ट्रहरुले मानवीय चन्द्रमिशन गर्ने लक्ष्यमा काम गरिरहेका प्रतिष्पर्धा तिव्र बन्दै गइरहेको हो ।
(स्पेस-एक्सको सहयोगमा तयार पारिएको)
