`

ह्वाइट हाउस बाहिर गोलीकाण्ड : बन्दुकधारी मारिए

Nepal One HD १० जेठ २०८३ १२:०१
प्रमुख खबर

एजेन्सी। अमेरिकाको राष्ट्रपतीय निवास ह्वाइट हाउस बाहिर अन्धाधुन्ध गोली प्रहार गर्ने एक संदिग्ध बन्दुकधारी मारिएका छन् । घटनामा एक सर्वसाधारण पनि घाइते भएका छन् ।

अमेरिकी गुप्तचर निकायका सुरक्षाकर्मीका अनुसार शनिबार साँझ ६ बजापछि १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु नजिक एक व्यक्तिले झोलाबाट बन्दुक निकालेर गोली चलाउन सुरु गरेका हुन्।

ह्वाइट हाउस सुरक्षामा खटिएका एजेन्टहरूले तत्काल जवाफी फायर गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका संदिग्धलाई अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

घटनाका क्रममा एक सर्वसाधारणलाई पनि गोली लागेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् । यद्यपि, सुरक्षाकर्मी भने सुरक्षित रहेका छन् ।

घटनाका बेला अमेरिकी राष्ट्रपति ह्वाइट हाउसमै उपस्थित भए पनि उनी पूर्ण रूपमा सुरक्षित रहेको र सुरक्षा व्यवस्थामा कुनै असर नपरेको अमेरिकी ‘सेक्रेट सर्भिस’ले जनाएको छ ।

गोली चलेपछि ह्वाइट हाउस क्षेत्रमा केही समय तनाव फैलिएको थियो । अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजकी पत्रकार सेलिना वाङले गोलीको आवाज सुनेपछि सुरक्षाका लागि झुकेको भिडियो सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफूलाई तत्काल ‘प्रेस ब्रिफिङ हल’तर्फ जान निर्देशन दिइएको उल्लेख गरेकी छन् ।

अमेरिकी ‘सेक्रेट सर्भिस’ले घटनाबारे अनुसन्धान भइरहेको र थप विवरण पछि सार्वजनिक गरिने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *