रामचरणले मागे बुमराहसँग माफी
चलचित्र
काठमाडौं। तेलुगु फिल्म अभिनेता राम चरण ले भारतीय क्रिकेटर जसप्रीत बुमराह सँग सार्वजनिक रूपमा माफी मागेका छन् ।
आफ्नो आगामी फिल्मको प्रमोशनका क्रममा राम चरणले गल्तीवश बुमराहलाई फुटबल खेलाडी भनेर सम्बोधन गरेपछि उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । त्यसपछि उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत आफ्नो भनाइ सच्याउँदै माफी मागेका हुन् ।
राम चरणले इन्स्टाग्राममा लेख्दै यो घटना भीड र उत्साहका बीच भएको मानवीय त्रुटि भएको बताएका छन् । उनले बुमराहप्रति गहिरो सम्मान रहेको उल्लेख गर्दै उनलाई उत्कृष्ट बलरको रूपमा प्रशंसा गरेका छन् ।
उनले बुमराहको खेलप्रति आफू ठूलो प्रशंसक रहेको भन्दै लगातार ब्याट्सम्यानहरूलाई दबाबमा राख्ने उनको क्षमता सबै भारतीयका लागि गर्वको विषय भएको टिप्पणी गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
