`

सडकमा पैदल हिँडिरहेको बेला कारले ठक्कर दिँदा ८ वर्षीया रोशनीको मृत्यु

Nepal One HD ११ जेठ २०८३ ११:०८
समाचार

काठमाडौं। ललितपुरमा कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका-२३ हात्तीवन क्षेत्रमा शनिबार साँझ बाग्मती प्रदेश ०१–०३३ च ८७८० नम्बरको कारले ठक्कर दिँदा ८ वर्षीया बालिकाको ज्यान गएको हो ।

मृत्यु हुनेमा सर्लाही घर भएका अनिरुद्ध शाहकी छोरी रोशनी साह रहेको प्रहरीले जनाएको छ । उनी सडकमा पैदल हिँडिरहेको अवस्थामा कारले ठक्कर दिएको बताइएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी रोशनीलाई उपचारका लागि ग्वार्कोस्थित बीएन्डबी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनापछि कार चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *