`

४० वर्षमाथिका यी फुटबलर : जसले विश्वकप खेलेका छन् र खेल्दैछन्

Nepal One HD १२ जेठ २०८३ १९:१५
खेलकुद

काठमाडौं।  फिफा विश्वकपको इतिहासमा धेरै खेलाडीहरूले उमेरलाई चुनौती दिँदै ४० वर्षभन्दा माथि पुगेर पनि विश्वकप खेलेका छन्। अनुभव, फिटनेस र समर्पणका कारण ती खेलाडीहरूले विश्व फुटबलमा विशेष पहिचान बनाए । अब सन् २०२६ को विश्वकपमा पनि यस्तै अनुभवी खेलाडीहरूको उपस्थिति देखिने सम्भावना रहेको छ।

विश्वकप इतिहासमा सबैभन्दा बढी उमेरमा खेल्ने कीर्तिमान एसाम एल हदारी को नाममा छ। उनले सन् २०१८ मा इजिप्टबाट साउदी अरेबियाविरुद्ध खेल्दा ४५ वर्ष १६१ दिनको उमेर पार गरिसकेका थिए। त्यसअघि फारिद मोन्द्रागोनले सन् २०१४ मा कोलम्बियाबाट जापानविरुद्ध खेल्दै ४३ वर्ष ३ दिनको उमेरमा विश्वकप खेल्ने कीर्तिमान बनाएका थिए।

यस्तै, रोजर मिलाले १९९४ को विश्वकपमा क्यामरुनबाट रुसविरुद्ध खेल्दा ४२ वर्षको उमेर पार गरेका थिए।प्याट जेनिङ्स, पिटर शिल्टन, डिनो जोफ, अली बुम्निजेलले पनि ४० वर्षभन्दा माथिको उमेरमा विश्वकप खेलेर इतिहास रचेका थिए।

सन् २०२६ को विश्वकपमा पनि अनुभवी खेलाडीहरूको चर्चा भइरहेको छ। यो विश्वकपमा क्रेग गोर्डन सबैभन्दा पाका उमेरका खेलाडीका रुपमा विश्वकपमा सहभागी हुनेछन्। उनी स्कटिस गोलकीपर हुन्। 

त्यस्तै पोर्चुगलका कप्तान क्रिश्चियानो रोनाल्डो पनि ४० वर्षको उमेरमा पोर्चुगलबाट विश्वकप खेल्न तयारीमा छन्। रोनाल्डोको सम्भावित सहभागिताले विश्व फुटबल समर्थकमाझ ठूलो उत्साह सिर्जना गरेको छ। उमेर बढ्दै गए पनि उनी अझै उच्च स्तरको प्रदर्शन गरिरहेका छन्। 

यसले अनुभव, अनुशासन र फिटनेसका माध्यमबाट खेलाडीहरूले लामो समयसम्म अन्तर्राष्ट्रिय फुटबलमा टिक्न सक्ने सन्देश दिएक छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *