`

नक्कली प्रहरी बनेर आतंक मच्चाउने रामेछापका आशिष पक्राउ

Nepal One HD १४ जेठ २०८३ १२:४८
अपराध

काठमाडौं। प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउँदै हिँड्ने एक युवक काठमाडौँमा पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति रामेछापको लिखु गाउँपालिका–३ का ३४ वर्षीय आशिष सुनुवार हुन्।

उनी बुधबार काठमाडौँ महानगरपालिका–७ गौरीघाट क्षेत्रबाट पक्राउ परेका हुन्। प्रहरीले दिएको जानकारीअनुसार सुनुवारले आफू केन्द्रीय अनुसन्धान ब्युरोको सहायक हवलदार भएको भन्दै चाबहिललगायतका क्षेत्रमा होटल व्यवसायी तथा सर्वसाधारणलाई धम्क्याउने गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार उनले नक्कली परिचयपत्र प्रयोग गरी मानिसहरूमा डर र त्रास फैलाउने कार्य गर्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *