`

टुँडिखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रम [तस्वीरहरू]

Nepal One HD १५ जेठ २०८३ ११:५३
फोटोफिचर

काठमाडौं। १९औँ गणतन्त्र दिवसको अवसरमा राजधानीको टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सहभागी भएका छन्। प्रथम महिला सविना काफ्लेसहित समारोहस्थल पुगेका उनले भने यसपटक सार्वजनिक सम्बोधन गरेनन्।

प्रधानमन्त्रीको तर्फबाट तयार पारिएको सन्देश राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार नै पठाइएको थियो। सोही सन्देश गणतन्त्र दिवस समारोहमा राष्ट्रपति पौडेलले वाचन गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रधानमन्त्री बालेनले स्वयं सम्बोधन नगरेपछि राजनीतिक वृत्तमा विभिन्न टिप्पणी सुरु भएका छन्। कतिपयले उनको मौनतालाई गणतन्त्रप्रतिको असन्तुष्टिसँग जोडेर व्याख्या गरेका छन् भने केहीले यसलाई फरक राजनीतिक शैलीका रूपमा पनि हेरेका छन्।

नेपालमा २०६५ साल जेठ १५ गते राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको थियो। त्यसयता हरेक वर्ष सोही दिनलाई गणतन्त्र दिवसका रूपमा मनाइँदै आएको छ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *