नेपाल चिकित्सक संघको सम्मेलन सुरु
जीवनशैली/स्वास्थ्य
चितवन। नेपाल चिकित्सक सङ्घको आयोजनामा चितवनमा ‘अल नेपाल मेडिकल कन्फ्रेन्स (एनएमए कन–२०२६)’ सुरु भएको छ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा सुरु भएको सम्मेलन आइतबारसम्म सञ्चालन हुनेछ।
सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीका अनुसार सम्मेलनमा नेपाल, भारत र चीनका विशेषज्ञ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ। साथै, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी भएका छन्।
त्यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूको समेत सम्मेलनमा उपस्थिति रहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
