`

जहाजमै अचेत श्यामहरिको मृत्यु

Nepal One HD १७ जेठ २०८३ ९:४३
जीवनशैली/स्वास्थ्य

काठमाडौं । अमेरिकाबाट टर्किस एयरलाइन्सको जहाजमार्फत् काठमाडौं आउँदै गर्दा अचेत भेटिएका वृद्धको मृत्यु भएको छ । मृतक ७३ वर्षीय श्यामहरि मरहठ्ठा हुन् ।

उनी गोरखाको बारपाक २ घर भई काठमाडौंको सामाखुसी बस्दै आएका थिए । उनी श्रीमतीसहित केही समयअघि अमेरिका गएका थिए । तर, आइतबार बिहान ६ : ३५ बजे टिके ७२६ फ्लाइटमा सवार उनी जहाजभित्र अचेत भेटिएका थिए ।

काठमाडौंको गौशाला प्रहरीले दिएको जानकारी अनुसार उनको मृत्यु भइसकेको छ ।

उनी पत्नी कालिकासहित अमेरिकाबाट काठमाडौं आएका हुन् । उनको मृत्युको कारण के हो ? प्रहरीले अनुसन्धान थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *