`

प्रचण्डको स्वास्थ्य अवस्था कस्तो छ ?

Nepal One HD १७ जेठ २०८३ १८:२४
जीवनशैली/स्वास्थ्य

काठमाडौं।  नेपाल मेडिसिटी अस्पतालले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था हाल ‘स्थिर’ रहेको जनाएको छ।

अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिन अनुसार उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको हो। प्रारम्भिक परीक्षणपछि उनलाई हल्का निमोनिया संक्रमण भएको पुष्टि भएको अस्पतालले जनाएको छ।

स्वास्थ्य बुलेटिनमा उल्लेख छ, ‘उहाँलाई हल्का निमोनिया संक्रमण भएको पाइयो जसको लागि आवश्यक अनुसन्धान गरिएको छ र उपचार सुरु गरिएको छ। उपचारमा राम्रो प्रतिक्रिया दिइरहनुभएको छ।’

अस्पतालका अनुसार हाल उनको अवस्था स्थिर रहेको छ र चिकित्सकहरूको निरन्तर निगरानीमा उपचार भइरहेको छ। चिकित्सकहरूले आवश्यक उपचार प्रक्रिया जारी राखेका छन्।

अस्पताल स्रोतका अनुसार उनी आगामी दुईदेखि तीन दिनसम्म अस्पतालमै चिकित्सकीय निगरानीमा रहने सम्भावना छ।

प्रचण्डको स्वास्थ्यबारे थप जानकारी अवस्था अनुसार सार्वजनिक गरिने अस्पतालले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *