३ करोडको सुनसहित अग्रवाल पक्राउ
अपराध
वीरेन्द्रनगर। सुर्खेत प्रहरीले करिब तीन करोड रुपैयाँ बराबरको सुनचाँदीका गहना बरामद गर्दै व्यवसायी श्यामसुन्दर अग्रवाललाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका–६ स्थित राजाचोक नजिक रहेको ‘शिव इम्पोरिय’ नामक पसलमा छापा मारेर अग्रवाललाई नियन्त्रणमा लिइएको हो।
प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कविन्द्रसिंह बोहराका अनुसार अग्रवालको साथबाट नेपाली रुपैयाँ २ लाख १९ हजार ५००, भारतीय रुपैयाँ ८ लाख ११ हजार ९००, नगद गन्ने मेसिन एक थान तथा विभिन्न प्रकारका सुनचाँदीका गरगहना राखिएका १८५ वटा बट्टा र डिब्बा बरामद गरिएको छ। बरामद गरिएका गरगहनाको अनुमानित मूल्य करिब तीन करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका अग्रवालमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
