`

बिहान पक्राउ परेका मेयर दिउँसो धरौटीमा रिहा

Nepal One HD १९ जेठ २०८३ १६:४७
अपराध

पर्सा । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले उनीविरुद्ध परेको मुद्दामा सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश दिएको हो।

अदालतका अनुसार सिंहविरुद्ध दर्ता भएका दुई वटा कसुरमध्ये लिखत किर्ते सम्बन्धी मुद्दामा ४ लाख रुपैयाँ र झुट्टा विवरण पेस गरेको मुद्दामा १५ हजार रुपैयाँ धरौटी तोकिएको छ।

उनी मंगलबार बिहान सवा ६ बजे ठोरीबाट पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

सिंहविरुद्ध १२ जेठमा लिखत किर्ते गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको थियो। स्थानीय लियाकत अलीले मेयरसहित तीन जनाविरुद्ध उजुरी दिएका थिए।

त्यसपछि प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *