`

संसद्को झण्डासहित सगरमाथा आरोहण गरेका सांसद शेर्पा सम्मानित

Nepal One HD १९ जेठ २०८३ १८:१७
फोटोफिचर
काठमाडौं।  प्रतिनिधिसभा सदस्य मिङमा ग्याबु शेर्पा लाई सङ्घीय संसद्को झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेको अवसरमा सम्मान गरिएको छ।
सङ्घीय संसद् सचिवालयमा आयोजित विशेष कार्यक्रममा सांसद शेर्पालाई सभामुख डीपी अर्याल तथा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
सम्मानित भएपछि सांसद मिङमा ग्याबु शेर्पाले सगरमाथा आरोहण केवल व्यक्तिगत उपलब्धि नभई नेपाली जनताको प्रतिनिधित्व गर्ने संसद्को प्रतिष्ठासँग जोडिएको अभियान भएको बताएका छन् ।
उनले सगरमाथाको शिखरमा सङ्घीय संसद्को झण्डा फहराउन पाउँदा आफूलाई गर्व महसुस भएको उल्लेख गरेका छन् ।

तस्वीरहरू:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *