`

रवि भारतमा, काठमाडौंबाट भीम रावलको सरकारलाई चुनौतीपूर्ण प्रश्न

Nepal One HD २० जेठ २०८३ ९:००
प्रमुख खबर

काठमाडौं – नेता भीम रावलले बेलायतलाई सीमा वार्तामा तान्ने प्रधानमन्त्री बालेन्द्र शाहको भनाइ र भारतको विदेश मन्त्रालयको जवाफको आपत्ती जनाएका छन् ।

उनले प्रधानमन्त्रीको नेपालले भारतको धेरै जग्गा मिचेको भन्ने भनाई झुटा र राष्ट्रहितविरोधी धारणा भन्दै आक्रोश व्यक्त गरेका छनज् ।

रावलले सामाजिक सञ्जालमा लेखेका छन् – प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको अतिक्रमणमा परेको भूमिको सम्बन्धमा बेलायत सरकारलाई वार्तामा संलग्न गराउने भनि प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको सन्दर्भमा भारतको विदेश मन्त्रालयका प्रवक्ताले भारत र नेपालबीचको दुईपक्षीय विषयमा कुनै तेस्रो पक्षको भूमिका नहुने कुरा सार्वजनिक गरेका छन्। अब नेपालले भारतको धेरै जग्गा मिचेको भन्ने झुटा र राष्ट्रहित विरोधी धारणा प्रतिनिधि सभामा राख्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुईतिहाइ बहुमतको सरकारका प्रधानमन्त्रीको भारतीय विदेश मन्त्रालयका प्रवक्ताले दिएको उक्त धारणाको सम्बन्धमा जवाफ के छ ? नेपाली जनतालाई स्पष्ट गरियोस्। स्मरणीय छ,अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा हुनुहुन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *