गस्तीमा रहेका प्रहरी टोलीको सफलता, लागुऔषधसहित ३२ जना समातिए
समाचार
काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३२ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनबाट नौ, झापा र मोरङबाट चार÷चार, भक्तपुर र नवलपरासीबाट तीन÷तीन, काठमाडौँ र रुपन्देही दुई÷दुई, तनहुँ, रसुवा, दाङ, सिन्धुली र सिरहाबाट एक÷एक जना पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरुको साथबाट अवैध लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि ट्रामाडोल, टापेन्टाडोल, नाइट्राभेट, नाइट्राजेपाम र स्पास्मो बरादम गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
