युरोपलाई रूसी तेल र ग्यास जरूरीः क्रेमलिन
सेन्ट पिटर्सबर्ग। उर्जा सङ्कटबाट यूरोप बच्नका लागि यूरोपमा रूसी तेल आपूर्ति अनिवार्य रहेको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले दावी गरेको छ।क्रेमलिनका अर्थविद् किरिल दिमित्रिभले बिहीबार एएफपीसँग भन्नुभयो, “मध्यपूर्वमा युद्धका कारण उत्पन्न ऊर्जा सङ्कटको प्रभाव यूरोपमा पनि परेको र यसको समाधानका लागि युरोपलाई रूसी तेल र ग्यासको प्रवाह गर्नु हुनेछ ।”युक्रेनमा युद्ध सुरु भएदेखि नै पश्चिमी राष्ट्रहरू (यूरोपेली मुलुकहरू) ले रुसी ऊर्जाको विकल्पमा इन्धनको व्यवस्थापन गर्ने बाटो अवलम्बन गर्दै रूसमाथि आर्थिक प्रतिबन्धको घोषणा गरेका थिए ।
युरोपेली देशहरूले प्रतिवन्धको घोषणाबीच पनि रूसी ग्यास (विशेष गरी खाना पकाउने ग्यास) खरीदलाई भने अघोषित रूपमा निरन्तरता दिँदै आएका छन् ।इरानविरुद्ध अमेरिका–इजरायल युद्ध र तेहरानको स्ट्रेट अफ हर्मुजको बन्दका कारण बढेको मूल्यले संयुक्त राज्य अमेरिका र बेलायत लगायतका केही देशहरूलाई रूसी तेलमा केही प्रतिबन्धहरू खुकुलो पार्न प्रेरित गरेको छ।
आर्थिक दूत दिमित्रिभले सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च (एसपिआईइएफ) को एक समारोहका क्रममा एएफपीसँग कुरा गर्दै भन्नुभयो, “मध्यपूर्वको अस्थिरताका कारण विश्व गम्भीर ऊर्जा सङ्कटको सङ्घारमा छ ।”
उहाँले भन्नुभयो, “युरोपले यो सङ्कटबाट पार पाउनका लागि रुससँगको साझेदारीको विकल्प रोज्नुपर्छ र रुसबाट तेल र ग्यास दुवैको प्रवाह पुनस्र्थापित गर्न आवश्यक छ ।
विश्लेषकहरू भन्छन्, “इयूले सन् २०२२ पछिको कुनै पनि अवधिको तुलनामा सन् २०२६ को पहिलो त्रैमासिकमा बढी रूसी तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आयात गरेको पाइएको छ। यूरोपेली समूहको लागि रूस दोस्रो ठूलो आपूर्तिकर्ता हो।”युरोपले विशेष गरी युक्रेनमा रूसी आक्रमणको विरोधमा अर्को वर्षदेखि रुसी ग्यासको आयातमा प्रतिबन्ध लगाउने योजना बनाएको छ र विद्यमान प्रतिबन्धहरू खुकुलो पार्ने कुरालाई अस्वीकार गरेको छ।
युरोपेली सङ्घका शीर्ष कूटनीतिज्ञ काजा कल्लासले मस्कोमाथि थप दबाब दिन आग्रह गर्नुभएको छ।उहाँले बुधबार ब्रसेल्समा एएफपीसँग भन्नुभयो, “हामीले युद्ध अन्त्यका लागि अहिलेसम्म वास्तवमै वार्ता गर्न रूसी पक्ष इच्छुक रहेको देखेका छैनौँ।”
यद्यपि, रुसले सङ्कटको बीचमा प्रतिबन्धहरू खुकुलो पार्ने वा बेवास्ता गर्ने अवसर महसुस गरेको छ।मध्यपूर्वमा युद्धको सुरुवातमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यदि युरोपेली देशहरूले मस्कोसँग ‘स्थायी र स्थिर सहयोग’ गर्ने प्रतिबद्धता व्यक्त गरे भने उनी तेल र ग्यास आपूर्ति गर्न तयार रहेको बताउनुभएको थियो ।रूसले सन् २०२२ देखि चीन र भारतमा आफ्नो ऊर्जा बिक्री बढाएको छ । उसले प्रायः विश्वव्यापी रूपमा इन्धनलाई छुटमा बिक्री गर्दछ।
