यार्सागुम्बासहित चार जना पक्राउ
अपराध
तेह्रथुम । तेह्रथुममा यार्सागुम्बासहित चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा संखुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बु, कर्णबहादुर लिम्बु, बादल लिम्बु र हर्कबहादुर श्रेष्ठ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार म्याङ्लुङ नगरपालिका–६ स्थित भुसीने जिपटारे सामुदायिक वन क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकाहरूको साथबाट १३ थान यार्सागुम्बा र ९ वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद सामग्रीसहित पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय तेह्रथुममा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
