`

नेपालको बोर्डरबाट भाग्ने क्रममा टीएमसी नेता जहाँगीर खान पक्राउ

Nepal One HD २५ जेठ २०८३ १२:२५
अपराध

काठमाडौं। भारतको पश्चिम बंगालमा सत्तारूढ तृणमूल कांग्रेस (टीएमसी) का नेता जहाँगीर खानलाई पश्चिम बंगाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) ले नेपाल सीमाबाट पक्राउ गरेको छ।

बीबीसी बाङ्लालाई उद्धृत गर्दै प्रहरी स्रोतका अनुसार जहाँगीर खान नेपाल सीमा हुँदै भारतबाट भाग्ने प्रयास गरिरहेका बेला उनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउको स्थान र समयबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

जहाँगीर खान हालै पश्चिम बंगालको फाल्टा विधानसभा क्षेत्रको उपनिर्वाचनका कारण चर्चामा आएका थिए। उक्त निर्वाचनमा उनी टीएमसीका उम्मेदवार बनेका थिए तर मतदानअघि नै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।

टीएमसीले त्यसबेला उनको उम्मेदवारी फिर्ता व्यक्तिगत निर्णय भएको बताएको थियो। फाल्टा उपनिर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) का देबाङ्शु पाण्डे भारी मतान्तरसहित विजयी भएका थिए।

प्रहरीले जहाँगीर खानमाथि लगाइएको आरोपबारे भने हालसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

उनलाई पक्राउ गरेपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *