`

जेनजी आन्दोलनमा भागेका खड्का र कापर पक्राउ

Nepal One HD २८ जेठ २०८३ १६:०३
अपराध

काठमाडौं । जेनजी आन्दोलनका क्रममा थुनाबाट भागेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका घर भएका ३६ वर्षीय टंकबहादुर खड्का र धनुषाको सवैला नगरपालिका घर भएका ४७ वर्षीय शशिशंकर कापर रहेका छन्।

प्रहरीका अनुसार लागुऔषध मुद्दाको अनुसन्धानका क्रममा रहेका खड्का भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतबाट भदौ २४ गते फरार भएका थिए।

त्यस्तै, कापर महोत्तरी कारागारबाट फरार भएका थिए। लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीका अनुसार दुवै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *