नक्कली सिँचाइ कार्यालय खोलेर ठग्ने दम्पति पक्राउ
अपराध
बर्दिया। गृहमन्त्रालयमा सुधन गुरुङले पद भार सम्हालेपछि बर्दियामा नक्कली सिँचाइ कार्यालय खोलेर सर्वसाधारणलाई ठगी गर्ने दम्पतिलाई प्रहरीले पक्राउ गरेको छ।
ठाकुरबाबा नगरपालिका-०३ बगनाहा बजारमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामक झुटो कार्यालय स्थापना गरी उनीहरूले कर्मचारी नियुक्त गर्ने र मजदुरीमा काम लगाइदिने प्रलोभन देखाएर ठगी गर्दै आएको आरोप छ।
प्रहरीका अनुसार उनीहरूले कामदारलाई ज्याला नदिने, घरधनीलाई भाडा नतिर्ने तथा सरकारी कागजात र छाप नक्कली रूपमा प्रयोग गर्ने गरेका थिए।
पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–०३ का २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङको लमही नगरपालिका–०५ की २३ वर्षीया कृपा चौधरी रहेका छन्।
दुवै जनामाथि लिखतसम्बन्धी कसुर तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
