`

घुससहित रंगेहात पक्राउ परे नासु कण्डेल

Nepal One HD ३१ जेठ २०८३ १३:५१
अपराध

काठमाडौं । भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायब सुब्बा (नासु) ज्ञानराज कण्डेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार घुससहित रंगेहात पक्राउ गरेको छ ।

जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचना प्राप्त भएपछि पोखरास्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनलाई निगरानीमा राखेको थियो ।

निगरानीकै क्रममा सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई उक्त रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पक्राउपछि गरिएको खानतलासीका क्रममा स्रोत नखुलेको थप २१ हजार ७० रुपैयाँ पनि फेला परेको आयोगले जनाएको छ ।

अख्तियारका अनुसार उनीमाथि हाल थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *