`

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट

Nepal One HD २ असार २०८३ ७:२१
अर्थ समाचार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । सोमबार बेलुका ५ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको भए पनि सत्तारुढ दल नेकपा एमालेले नै बजेटमा असन्तुष्टि जनाउँदा बैठक मध्यान्ह राति सम्म धकेलिएको थियो । आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले प्रस्तुत गरेको बजेट कार्यक्रममा कृर्षि र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

सुदूरपश्चिममा गत वर्ष ३३ अर्ब ५० करोडको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि सरकारले अनुदान र आन्तरिक राजस्वलाई आधार बनाएको छ । आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड रुपैयाँ, नेपाल सरकारबाट राजस्व बाँडफाँडबाट १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रुपैयाँ प्राप्त हुने प्रदेश सरकारको अनुमान छ ।

यस्तै सङ्घीय रोयल्टी बाँडफाँडबाट ७ करोड रुपैयाँ, सङ्घीय वित्तीय समानीकरण अनुदान ९ खर्व ६ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै चालु आर्थिक वर्षको बाँकी मौज्दात रकम ९ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

सङ्घीय सशर्त अनुदानबाट ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ र सङ्घीय समपूरक अनुदानबाट ३८ करोड ८० लाख र सङ्घीय विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ अनुमान गरिएको छ ।सरकारले मध्य राति बजेट प्रस्तुत गर्दा यहाँका प्रतिपक्ष दलले भने बैठक अवरुद्ध गरेको छ । प्रतिपक्ष दल नेकपाले प्रदेश सभा बैठक बहिस्कार गरेको छ ।

सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै प्रतिपक्षी सांसदहरूले मध्य राति बजेट ल्याएर सरकारले नाटक गरेको आरोप लगाएका हुन् ।बैठकको सुरुमै समय मागेर बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद मानबहादुर धामीले मध्य राति बजेट ल्याएर सरकारले नाटक गरेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *