`

गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित आजदेखि चलनचल्तीमा आयो नयाँ ५०० को नोट

Nepal One HD ३ असार २०८३ ११:०६
अर्थ समाचार

आजदेखि नेपाल राष्ट्र बैंकले पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।नयाँ नोटमा गभर्नर प्रा।डा। विश्वनाथ पौडेलको दस्तखत रहेको छ । राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार र रंग पुरानै डिजाइनसँग मिल्दोजुल्दो भए पनि सुरक्षा विशेषता, सिरिज संरचना तथा पहिचान प्रणालीमा महत्वपूर्ण परिमार्जन गरिएको छ । हाल जारी गरिएको नोटहरूको संकेत नम्बर झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्म रहेको छ ।

नेपाली नोट प्रणालीअनुसार प्रत्येक अक्षर समूहअन्तर्गत ०००००१ देखि ९९९९९९ सम्म करिब १० लाख थान नोट छापिने व्यवस्था रहेकाले नयाँ सिरिजअन्तर्गत करिब ३० लाख थान नोट बजारमा प्रवेश गरेको राष्ट्र बैंकले जनाएको छ । नयाँ नोटको प्रचलनसँगै २०७८ पुस ९ गतेदेखि चलनचल्तीमा रहेको २०२० सिरिजको ५०० रुपैयाँ दरका करिब २ लाख ४८ हजार थान नोटलाई क्रमशः प्रतिस्थापन गर्ने प्रक्रिया पनि अघि बढ्ने अपेक्षा गरिएको छ ।

नोटको अग्रभागमा वायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप , तल्लो खण्डमा सिरिज नम्बर २०८२ लेखिएको छ , पानी छापको बायाँतर्फ फरक क्षमता भएका दृष्टिविहीनहरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्ला रहेका छन् ।सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरका चित्र छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *