`

एकै घरका दुई बालिकालाई करणी गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

Nepal One HD ३ असार २०८३ ११:२८
अपराध

रोल्पा। एकै घरका दुई बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ परेका छन् ।

रोल्पाको थवाङ गाउँपालिका- ४ थर्पु ठेगाना भएका ५५ वर्षीय धनप्रसाद पुन पक्राउ परेका हुन्।

प्रहरीका अनुसार १५ वर्षीया बालिका र उनकै ११ वर्षीया बहिनीलाई जबर्जस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *