श्रीमतीमाथि तातो तेल खन्याएर फरार श्रीमान् पक्राउ
अपराध
कञ्चनपुर। श्रीमतीमाथि तातो तेल खन्याएर गम्भीर घाइते बनाई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–८ तिलाचौरका ३४ वर्षीय व्यक्ति पक्राउ परेका हुन्।
प्रहरीका अनुसार १५ पुस २०८२ मा घरको भान्सामा सेलरोटी पकाइरहेकी श्रीमतीमाथि उनले अचानक तातो तेल खन्याएका थिए। उक्त घटनामा पीडितको अनुहार तथा शरीरका विभिन्न भाग गम्भीर रूपमा जलेर क्षति पुगेको थियो।
घटनापछि फरार रहेका उनीविरुद्ध ‘तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने’ कसुरमा मुद्दा दर्ता गरिएको थियो।
फरार अभियुक्तको खोजतलासका क्रममा प्रहरीले ६ असारमा भीमदत्त नगरपालिका–४ बाट उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
