`

चक्कु प्रहार गरी भक्तपुरमा युवककाे हत्या

Nepal One HD ९ असार २०८३ ८:१२
अपराध

काठमाडाैं । सामान्य विवाद हुँदा भक्तपुरमा एक युवककाे चक्कु प्रहारबाट मृत्यु भएकाे छ । मृतक २८ वर्षीय आकाश रसाइली हुन् । उनी महोत्तरीकाे मिथिला नगरपालिका–९ घर भई हाल नगरकोट मोड बस्दै आएका थिए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल पठाइएकोमा आज बिहान ६ः१५ बजे उपचारकै क्रममा मृत्यु भएको हो।

चक्कु प्रहार गर्ने उदयपुर त्रियुगा नगरपालिका–१३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *