`

श्रीमती र छाेरी अर्काकाे तर मेरै भन्दै मेयरले सरकारी कागजात जब दिलाए…

Nepal One HD ९ असार २०८३ १२:५३
अपराध

काठमाडाैं । लिखतसम्बन्धी कसुरमा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगसमेतलाई विपक्षी बनाउँदै दायर गरेकाे उत्प्रेषण मुद्दाकाे सुनुवाई भइरहेकाे छ ।

सर्वाेच्च अदालतका न्यायाधीश कुमार रेग्मीकाे एकल इजलासमा मुद्दाकाे सुनुवाई भइरहेकाे हाे ।

साेमबार सिंहकाे पक्षबाट उत्प्रेषण आदेश माग गर्दै सर्वाेच्चमा रिट दर्ता भएकाे थियाे । आफूलाई गैरकानुनी ढङ्‍गले पक्राउ गरेकाे भन्दै रिहाइकाे मागसहित सिंहले उत्प्रेषण मुद्दा दर्ता गराएका हुन् ।

उनी गत १९ जेठमा पक्राउ परेका थिए । अर्काकी छोरीलाई आफ्नै सन्तानका रूपमा देखाएर सरकारी कागजात तयार गरेकाे अभियाेग उनीमाथि लागेकाे छ ।

प्रहरीका अनुसार सरकारी लिखत किर्ते, झुट्टा विवरण पेस गरी नागरिकता बनाएको तथा राहदानीसम्बन्धी कसुरमा नगरप्रमुख सिंहसहित चारजनाविरुद्ध मुद्दा परेकाे छ ।

यो प्रकरणमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी रीता भट्टराई, उनकी छोरी रुविना श्रेष्ठ तथा वीरगन्ज महानगरपालिकाका तत्कालीन पञ्जीकरण अधिकारी भिखारी रायलाई समेत प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध लिखतसम्बन्धी कसुर, नागरिकता किर्ते तथा राहदानी किर्तेसम्बन्धी अभियोग लगाइएको सरकारी वकिल कार्यालयले जनाएको छ।

अभियोगपत्र अनुसार नगरप्रमुख सिंहले रीता भट्टराईलाई आफ्नी श्रीमतीका रूपमा देखाउँदै ०७१ माघ २० गते रुविना श्रेष्ठको जन्मदर्ता गराएका थिए ।

सोही जन्मदर्ताका आधारमा ०७५ साउन १० गते नागरिकता बनाइएको र त्यसको १२ दिनपछि राहदानीसमेत जारी गरिएको अनुसन्धानबाट खुलेको दाबी गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *