`

रास्वपाका एक हजार प्रतिनिधिले किन गरेनन् मतदान ?

Nepal One HD ११ असार २०८३ १४:०६
प्रमुख खबर

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा २ हजार ९५९ प्रतिनिधिले मताधिकार प्रयोग गरेका छन्।

रास्वपाको महाधिवेशनका लागि कुल ३ हजार ८४९ जना प्रतिनिधि रहेकोमा झन्डै एक हजार प्रतिनिधि मतदान प्रक्रियामा सहभागी नभएको देखिएको छ। 

महाधिवेशन लम्बिँदै गएपछि केही प्रतिनिधि मतदान सम्पन्न हुनुअघि नै घर फर्किएको चर्चा भइरहेको बेला मतदान सहभागिताको तथ्याङ्क सार्वजनिक भएको हो।

पार्टीले ९९ जना केन्द्रीय सदस्य चयन गर्न विद्युतीय मतदान प्रणालीमार्फत निर्वाचन गराएको थियो। मतदान प्रक्रिया बिहीबार सम्पन्न भएको हो।

निर्वाचन आयोगका अनुसार अन्तिम मतदाता स्वयं सभापति रवि लामिछाने रहेका थिए। लामिछानेले मतदान गरेसँगै केन्द्रीय सदस्य निर्वाचनको मतदान औपचारिक रूपमा समाप्त भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *