`

छोराको कुटपिटबाट आमाको मृत्यु

Nepal One HD १३ असार २०८३ ११:०५
अपराध

काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिकामा छोराले कुटपिट गर्दा एक महिलाको मृत्यु भएको छ।

घटनामा संलग्न आरोपित छोरालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हाे।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उदयपुरको कटारी नगरपालिका-५ स्थायी घर भई हाल सूर्यविनायक नगरपालिका-९ भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीमाथि शुक्रबार साँझ करिब ७:४५ बजे उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएकी मेघियालाई तत्काल उपचारका लागि ललितपुरस्थित पाटन अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा राति करिब १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले आरोपित किरण चौधरीलाई नियन्त्रणमा लिएको छ।

घटनाको कारण र अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *