`

प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ

Nepal One HD २१ असार २०८३ १४:४३
अपराध

काठमाडौं। आफू प्रहरीको असई (असिस्टेन्ट सब–इन्स्पेक्टर) हुँ भन्दै बर्दीसमेत लगाएर ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा इलाम नगरपालिका–१० घर भएकी ३३ वर्षीया दीपिका बोहोरा (तामाङ) रहेकी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले आफू प्रहरीको असई भएको दाबी गर्दै बर्दी लगाएको फोटो देखाएर विभिन्न व्यक्तिलाई विश्वास दिलाउने गरेकी थिइन्। त्यसपछि इ–सेवा तथा मोबाइल बैंकिङ एपमार्फत पटक–पटक गरी कुल १५ लाख ५० हजार रुपैयाँसम्म रकम पठाउन लगाएर ठगी गरेको आरोप लागेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरदकुमार थापा क्षेत्रीका अनुसार उनलाई गोंगबु क्षेत्रबाट पक्राउ गरिएको हो।

पक्राउ परेकी उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *