`

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काठमाडौंबाट पक्राउ

Nepal One HD ३१ असार २०८३ १२:२९
अपराध

काठमाडौं। जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–९ निवासी रोहण केशरी रहेका छन्। उनलाई मंगलबार काठमाडौं महानगरपालिका–९ स्थित एयरपोर्ट गोल्डेन गेट अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत पर्साले २०८१ असार २३ गते केशरीलाई जबरजस्ती करणी मुद्दामा सात वर्ष कैद र तीन लाख ३७ हजार रुपैयाँ जरिबाना सजाय सुनाएको थियो। फैसला पछि फरार रहेका उनको खोजी भइरहेको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका केशरीलाई अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *