`

कांग्रेसको जरा अभियान समापन तथा नयाँ अभियान घोषणा समारोह

Nepal One HD ७ साउन २०८३ १५:३६
नेपाली कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले पार्टीलाई नागरिककेन्द्रित र जनतासँग थप जोड्ने उद्देश्यसहित नयाँ अभियान सार्वजनिक गरेको छ।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमार्फत कांग्रेसले नयाँ अभियान घोषणा गरेको हो। अभियान घोषणा कार्यक्रम अहिले जारी छ।

कांग्रेसका नेताहरूले नयाँ अभियानमार्फत पार्टी संगठनलाई थप सुदृढ बनाउने, जनतासँग प्रत्यक्ष संवाद बढाउने तथा नागरिकका समस्या र सरोकारलाई केन्द्रमा राखेर पार्टी गतिविधि सञ्चालन गर्ने उद्देश्य रहेको बताएका छन्।

यसअघि कांग्रेसले देशव्यापी रूपमा ‘जरा अभियान सञ्चालन गरेको थियो। नयाँ अभियानलाई त्यसको निरन्तरतासँगै पार्टीलाई थप नागरिकमुखी बनाउने पहलका रूपमा हेरिएको छ। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *