`

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

Nepal One HD १६ साउन २०८३ ६:४०
प्रमुख खबर

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छन्।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष समेत रहेकी मन्त्री चौधरीले शुक्रबार कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग छलफलमा क्रममा कार्यदल गठन गर्ने निर्णय गरेकी हुन् । बैठकमा नेपालमा चिया तथा कफी क्षेत्रको उत्पादन, प्रशोधन, बजारीकरण तथा समग्र प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारका विषयमा छलफल भएको थियो ।

मन्त्री चौधरीले चिया तथा कफी क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवसायमुखी तथा किसानमैत्री बनाउने दिशामा बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । चिया तथा कफी क्षेत्रको आगामी कार्यदिशा तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पुनः संरचनाको मोडालिटीलाई अन्तिम रूप दिई दुई हप्ताभित्र प्रतिवेदन पेस गर्न मन्त्री चौधरीले निर्देशन दिएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *