`

अर्थमन्त्रीमाथि खनिए ज्ञानेन्द्र शाही – ‘जनताको जीवनभन्दा ठूलो कुनै पुरस्कार हुन सक्दैन’

Nepal One HD २३ साउन २०८३ ८:१९
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले जनतामाथि करको भार थपेर पुरस्कार वितरण गर्नुभन्दा स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत अर्थमन्त्रीलाई सम्बोधन गर्दै शाहीले सरकारले यसअघि दिँदै आएको स्वास्थ्य बीमा तथा ज्येष्ठ नागरिकको स्वास्थ्य सेवा कटौती नगरी निरन्तरता दिएको भए काभ्रेको कुन्ताबेसीका केदारनाथ पराजुलीले क्यान्सरपीडित श्रीमती तीलाकुमारीलाई पिठ्युँमा बोकेर सुनकोशी नदीमा हाम फालेर बेपत्ता हुने अवस्था नआउने दाबी गरेका छन्।

उनले जनताको जीवनभन्दा ठूलो कुनै पुरस्कार हुन नसक्ने भन्दै गरिब तथा असहाय नागरिकको स्वास्थ्य सेवा कटौती नगर्न सरकारलाई आग्रह गरेका छन्।

‘जनतालाई करको भारी बोकाएर लाखौँ रुपैयाँ पुरस्कार बाँड्नुभन्दा पहिल्यैदेखि दिँदै आएको स्वास्थ्य बीमा तथा ज्येष्ठ नागरिकको स्वास्थ्य सेवा कटौती नगरी सुचारु गरेको भए यस्तो अवस्था आउने थिएन,’ शाहीले लेखेका छन्।

उनले गरिब तथा असहाय नागरिकको स्वास्थ्य सेवा कटौती नगरी अझ प्रभावकारी र बलियो बनाउन सरकारसँग माग गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *