`

३५ वर्षमा नभएको विकास चार महिनामै खोज्नु व्यावहारिक होइन, भ्रष्टाचारमा भने समयको बहाना नबनाऔँ : शाही

Nepal One HD २७ साउन २०८३ ९:४३
राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले सरकारलाई विकासका कामका लागि पर्याप्त समय दिनुपर्ने भए पनि ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान र कानुनी कारबाहीका लागि भने समयको बहाना बनाउन नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले चार महिनामै सरकारले चमत्कार गरेर देश परिवर्तन गर्नुपर्छ भन्ने अपेक्षा व्यावहारिक नभएको बताएका हुन्।

‘चार महिनामै सरकारले चमत्कार गरेर देश बदल्नुपर्छ भन्ने होइन। विकास गर्न समय चाहिन्छ, त्यसका लागि सरकारलाई केही समय कुर्नुपर्छ,’ शाहीले लेखेका छन्।

उनले ३५ वर्षमा हुन नसकेको विकास चार महिनामै गरिहाल्नुपर्ने अपेक्षा गर्नु पनि उचित नभएको उल्लेख गरेका छन्। तर भ्रष्टाचारका ठूला काण्डमा संलग्न भनिएका व्यक्तिमाथि अनुसन्धान र कानुनी कारबाही सुरु गर्न वर्षौं कुर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

शाहीले सामाजिक सञ्जालमा लेखेका छन् – चार महिनामै सरकारले चमत्कार गरेर देश बदल्नुपर्छ भन्ने होइन। विकास गर्न समय चाहिन्छ, त्यसका लागि सरकारलाई केही समय कुर्नुपर्छ। ३५ वर्षमा हुन नसकेको विकास चार महिनामै गर भनेर अपेक्षा गर्नु पनि व्यावहारिक हुँदैन।
तर भ्रष्टाचारका ठूला काण्डमा संलग्न भनिएका मुख्य व्यक्तिहरूमाथि अनुसन्धान र कानुनी कारबाही सुरु गर्न भने वर्षौं कुर्नुपर्दैन।
देशका ६५ वटा ठूला भ्रष्टाचारका काण्डका मुख्य नायकहरूमध्ये अहिलेसम्म प्रभावशाली रूपमा कारबाहीमा परेको कोही देखिँदैन। अहिलेसम्म पक्राउ परेकामध्ये गृहमन्त्रीका व्यापारिक साझेदार भनिएका दीपक भट्ट मात्रै छन्।”
विकासका लागि समय लिनुस्, तर भ्रष्टाचारको अनुसन्धान गर्न समयको बहाना नबनाउनुस्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *