‘भुरुरु आउँथे बाई चरी भए त’मा अनिल र गीताको ठुम्का
काठमाडौँ । पुराना गायिका राधा हमाल बानियाँले तीज पर्वलाई लक्षित गर्दै ‘भुरुरु आउँथे बाई चरी भए त’ सार्वजनिक गरेका छन् । खुमन अधिकारीको भाका र निशान बानियाँको शब्दमा तयार भएको गीतमा राधा हमाल बानियाँ र खुमन अधिकारीको स्वर रेकर्ड छ ।
निशान बानियाँको निर्देशनमा निर्माण भएको भिडियोमा अनिल पौडेल र गीता ढुङ्गाना लिड रोलमा देखिएका छन् । भिडियोमा आदर्श बानियाँ, सनश्रीना पौडेल, ऐश्वर्य बानियाँ र प्रिता वाइबा तामाङ पनि फिचर्ड छन् ।
तिजमा महिला दिदीबहिनी छमछमी नाच्न मिल्ने गीतमा राजाराम सिम्खडाको कोरियोग्राफी, दिनसन शाहको सम्पादन र कलर ग्रेडिङ छ । महेश महराले छायाङ्कन गरेको भिडियो राधा हमाल बानियाँको अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको छ ।
३ लाख बढी पटक हेरिएको तीज गीतको भिडियोमा सकारात्मक प्रतिक्रिया पाएको छ । गीतका गायिका तथा प्रस्तुतकर्ता राधा हमाल बानियाँले मौलिकताको जगमा बनेको गीत भएकाले श्रोता दर्शकको उत्साहजनक साथ पाउने अपेक्षा लिएको बताइन् ।
