`

सरकारको कार्यशैलीप्रति अमरेश सिंहको असन्तुष्टि – ‘राज्यका संस्थालाई कमजोर बनाएर कसरी समृद्धि आउँछ?’

Nepal One HD २९ साउन २०८३ ९:२७
राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद डा. अमरेशकुमार सिंहले देशभरका सार्वजनिक संस्था तथा सरकारी निकायमाथि हस्तक्षेप भइरहेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सिंहले सेना, प्रहरी र कर्मचारीको मनोबल गिराउने काम भइरहेको दाबी गरेका हुन्। उनले सांसदहरूका पछिल्ला अभिव्यक्तिले संसद्कै गरिमामाथि प्रश्न उठ्ने अवस्था आएको पनि टिप्पणी गरेका छन्।

सिंहले व्यापारिक क्षेत्रमाथि भइरहेको धरपकडका कारण व्यवसायीहरू त्रसित बनेको बताएका छन्। त्यस्तै नेपालको परराष्ट्र नीतिप्रति समेत अन्तर्राष्ट्रिय स्तरमा विश्वासको संकट अर्थात् ‘ट्रस्ट डेफिसिट’ देखिएको उनको दाबी छ।

उनले लेखेका छन्, ‘देशैभरका सार्वजनिक संस्था, सरकारी निकायमाथि हस्तक्षेप, सेना, प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको छ। सांसदहरूको वक्तव्य यस्तो कि सम्मानित संसद्कै बेइज्जती भइरहेको छ।’

उनले लेखेका छन् -देशैभरको सार्वजनिक संस्था ,सरकारी निकाय माथी हस्तक्षेप,सेना प्रहरी र कर्मचारीको हुर्मत लिने काम भैरहेको छ।सांसदहरु को बक्तब्य यस्तो कि समानित संसदकै बेइज्जती भैरहेको छ। ब्यापारी हरु को धडपकड ले ब्यापारीहरु त्रसित छन। परराष्ट्र नीति त झन्न यस्तोकि कसैले बिश्वास गरिरहेको छैन (Trust deficit )। के समृद्धि र सुशासनको रोडम्याप यहि हो? कि राज्यलाई अझै पछाडी धकेल्ने काम भैरहेको छ? सोच्ने बेला भएको छैन?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *