`

केयुका संस्थापक उपकुलपति शर्मालाई अभिनन्दन

Nepal One HD ३० साउन २०८३ १९:३२
राजनीति

काठमाडौँ – काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा डा सुरेशराज शर्मालाई अभिनन्दन गरिएको छ ।

निस्ट फाउण्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले उहाँलाई अभिनन्दन गर्नुभयो । शर्माले झण्डै दुई दशक उपकुलपति भएर विश्वविद्यालयको प्राज्ञिक उन्नयनको नेतृत्व गर्नुभएको थियो ।

नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत पूर्वउपकुलपति शर्मालाई अभिनन्दन गरिएको फाउण्डेसनले जनाएको छ । कार्यक्रममा पूर्वअध्यक्ष रेग्मीले सरल जीवन र उच्च विचारका धनी डा शर्मा नेपालको प्राज्ञिक क्षेत्रको निष्ठावान् अनुकरणीय व्यक्तित्व हुनुभएको बताउनुभयो ।

“विनयशीलता उहाँको विशेष गुण रह्यो, उहाँ विद्धान र उदाहरणीय शिक्षासेवी हुनुभयो । विशेषतः विश्वस्तरीय काठमाडौँ विश्वविद्यालय स्थापना र प्रवर्द्धन गरी गुणस्तरीय उच्च शिक्षाको विकासमा विशिष्ट योगदान दिनुभयो, यो नै उहाँको शैक्षिक जीवनको महत्वपूर्ण पहिचान बन्न पुग्यो”, रेग्मीले भन्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *