`

रास्वपाको निकै विवादित ‘क्यान्डिडेट क्लब’ खुला

Nepal One HD २ भदौ २०८३ ८:२७
प्रमुख खबर

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीले गरेको बाचाअनुसार क्लबमार्फत उम्मेदवार छनोट प्रक्रिया अघि बढाइएको बताएका छन् ।पहिलो चरणमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यलगायत पदमा दाबी गर्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरिएको लामिछानेले जानकारी दिएका छन् ।

‘रास्वपाले बाचा गरेअनुसार अब क्यान्डिडेट क्लब खुला भएको छ । पहिलो चरणमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यलगायत पदमा आफ्नो दाबेदारी प्रस्तुत गर्न चाहनुहुने जोसुकैलाई आवेदन खुला भएको जानकारी गराउन चाहन्छु,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले सबैलाई क्लबमा सहभागी हुन आग्रह गरेका छन् । ‘आउनुहोस्, सबै मिलेर नेतृत्व तहमा पुगौँ,’ उनले भनेका छन् ।रास्वपाले क्यान्डिडेट क्लबबाट छनोट भएकालाई आगामी २०८४ को स्थानीय तह निर्वाचनमा उम्मेदवार बनाउने तयारी गरेको छ । पार्टीले पहिलो चरणमा गाउँपालिकाबाट क्लबको सुरुवात गरेको जनाएको छ ।

तर, रास्वपाको क्यान्डिडेट क्लब विगतदेखि नै विवादमुक्त भने छैन । यसअघि प्रतिनिधिसभा निर्वाचनका क्रममा क्लबमा सहभागी कतिपय व्यक्तिले रकम बुझाए पनि उम्मेदवार बन्न नपाएको भन्दै असन्तुष्टि जनाएका थिए । कतिपयले आफूले बुझाएको रकम फिर्ता मागेका थिए ।

त्यसपछि रास्वपाको क्यान्डिडेट क्लबमाथि रकम उठाउने माध्यम बनेको भन्दै आलोचना भएको थियो । आलोचकहरूले यसलाई ‘ठगी खाने मेलो’को संज्ञासमेत दिएका थिए ।यही पृष्ठभूमिमा रास्वपाले फेरि क्यान्डिडेट क्लब खुला गरेको हो । नयाँ प्रक्रियाले विगतमा उठेका प्रश्नको सम्बोधन गर्दै कत्तिको पारदर्शी र विवादरहित रूपमा उम्मेदवार छनोट गर्छ भन्नेमा भने चासो बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *