`

मन्त्री छनोटमा सकस, सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिँदै

Nepal One HD २ भदौ २०८३ ९:४२
राजनीति

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। आफ्नै दलभित्र मन्त्री छनोटको विषय पेचिलो बनेपछि भट्टले पहिला विश्वासको मत लिने र त्यसपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन्।

यसअघि मंगलबार नै विश्वासको मत लिने तयारी भए पनि प्रदेश सभा बैठक एक दिन पछि सारिएको हो। मंगलबार नेकपा संसदीय दलको बैठक बसेपछि प्रदेश सभा बैठक आह्वान गर्ने तयारी गरिएको नेकपाका एक सांसदले जानकारी दिए।

विश्वासको मत लिने र मन्त्रिमण्डल विस्तारबारे नेकपा सुदूरपश्चिम संयोजक भानुभक्त जोशी, साविक नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र मुख्यमन्त्री भट्टबीच समेत छलफल भएको जनाइएको छ।

नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेबीचको गठबन्धनमा मुख्यमन्त्री बनेकै दिन भट्टले नेकपाबाट तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका थिए। तर नेकपाबाट थप मन्त्री बन्नेहरूको टुंगो लाग्न नसक्दा आफ्नो भागमा परेका मन्त्रालयमा अझै मन्त्री नियुक्त गर्न सकेका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *