`

नीशा सुनारले सार्वजनिक गरिन् ‘झ्याप छौं कि साइँला दाई’, नाजिर र उषाको रोमान्स

Nepal One HD ३ भदौ २०८३ २०:०२
भिडियो

गायिका नीशा सुनारले नयाँ गीत सार्वजनिक गरेकी छिन् । लामो समयदेखि अमेरिकामा रहँदै आएकी नीशाले नेपाल आएको समयमा ‘झ्याप छौं कि साइँला दाई’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।
रमाइलो शैली यो गीतमा खेम सेन्चुरी र नीशा सुनारको स्वर छ । गीतमा रमेश वीजीको शब्द, खेम सेन्चुरीकै संगीत छ ।

सार्वजनिक गीतको भिडियोलाई सुनिल वीकेले निर्देशन गरेका हुन् । गीतको भिडियोमा नाजिर हुसेन र उषा उप्रेतिको डान्स हेर्न सकिन्छ । गीतको भिडियोमा उनीहरु रमाइलो शैलीमा रोमान्टिक भएका छन् ।अनिल के मानन्धरको छायांकन रहेको यो भिडियोमा प्रविण भट्टको सम्पादन, राजेन्द्र मोक्तानको कलर, रोशन विश्वकर्माको कोरियोग्राफी छ ।

नीशाकै स्वरमा रहेको नयाँ तीज गीत पनि केही दिनमै बजारमा ल्याउने तयारी भइरहेको छ । कुनै समय दर्शकमाझ निकै नै लोकप्रिय गायिका सुनारले अब गायनलाई निरन्तरता दिने बताएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *