३५ वर्षमा पुराना दलले गरेका राम्रा कामको धन्यवाद दिनुपर्छ – रवि
प्रमुख खबर
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आइतबार काठमाडौंमा भएको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आउँदो पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्ने बताए ।
प्रतिपक्षले देशमा लोकतन्त्र स्थापनाका लागि ठूलो त्याग गरेको तर सुशासन ल्याउन नसकेकाले रास्वपाले सरकारको नेतृत्व गर्ने अवसर पाएको उनको भनाई छ । उनले सरकार गठनको १०० दिन पूरा भएदेखि प्रधानमन्त्रीसँग छलफल गरिरहेको पनि स्पष्ट पारे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
