`

मन्त्री चौधरीले भनिन् – टीकापुर घटनाको लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध छ

Nepal One HD ८ भदौ २०८३ ८:४६
प्रमुख खबर

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

थारु कल्याण कारिणी सभाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढंगबाट समाधान खोज्नुपर्ने बताइन्।

थारु कल्याण कारिणी सभाले हरेक वर्ष भदौ ७ गतेलाई टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको निकास’ तथा ‘नेपालको संविधानको अन्तरवस्तुमा थारु समुदायको साझा सवाल र संशोधनको आवश्यकता’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।

मन्त्री चौधरीले थारु समुदायका माग तथा मुद्दा सरकारमै बसेर उठाइरहेको बताउँदै अधिकार, पहिचान र न्यायका सवालमा निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *