`

श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट

Nepal One HD ८ भदौ २०८३ १८:१५
राजनीति

काठमाडौँ, भदौ ८ –युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसीले आज शिष्टाचार भेट गर्नुभएको छ ।सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच दुई देशबीचका द्विपक्षीय श्रमसम्बन्धी समझदारी तथा सहमतिको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त कार्य समूहको बैठक शीघ्र आयोजना गर्ने सहमति भएको छ ।

भेटमा मन्त्री यादवले नेपाली श्रमिकलाई प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धी दोहोरो प्रक्रिया पूरा गर्न व्यवस्थालाई सरल र सहज हुन आवश्यक रहेको बताउनुभयो । त्यस अवसरमा राजदूत शामसीले नेपाली श्रमिकको हकहित र अधिकारका विषयमा युएई निरन्तर छलफल र समन्वय गरिरहेको बताउनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *