`

सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबिचको सहकार्य हुनुपर्छ : मुख्यमन्त्री भट्ट

Nepal One HD ८ भदौ २०८३ २२:०५
राजनीति

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन सके मात्रै नागरिकले अनुभूत गर्नेगरी सङ्घीयताको कार्यान्वयन हुने बताएका छन् ।

नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल सुदूरपश्चिम प्रदेश समितिसँग आज धनगढीमा आयोजित छलफलमा उनले संविधानमा भएका व्यवस्थाको कार्यान्वयन गर्दै आपसी सहकार्यबाट सङ्घीयतालाई सफल बनाउनुपर्नेमा जोड दिए ।

“प्रदेशको विकास र समृद्धिका लागि स्थानीय तहसँगको सहकार्य अपरिहार्य छ। स्थानीय तहका समस्या, आवश्यकता र सुझावलाई प्रदेश सरकारले प्राथमिकताका साथ सम्बोधन गर्छ । त्यसका लागि सबै मिलेर अगाडि बढौँ”, मुख्यमन्त्री भट्टले भने ।

त्यस अवसरमा सङ्घीयताका जानकार खिमलाल देवकोटाले प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यले शासन प्रणालीलाई सुदृढ बनाउने बताए । उनले स्थानीय तहका आवश्यकता र प्राथमिकतालाई प्रदेश तथा सङ्घीय सरकारका नीति तथा कार्यक्रमसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *