`

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि आक्रमण गर्ने युवकविरुद्ध अनुसन्धान अघि बढ्यो

Nepal One HD ९ भदौ २०८३ २०:१७
समाचार

काठमाडौं । नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि कुटपिट गर्ने युवकविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको छ।

जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई काठमाडौं बस्दै आएका २७ वर्षीय राज कठायतविरुद्ध काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार कठायतविरुद्ध ‘राष्ट्रसेवकलाई काममा बाधा गर्न नहुने’ र ‘अभद्र व्यवहार’ कसुरमा अनुसन्धानका लागि म्याद थप गरिएको हो।

मंगलबार बिहान नयाँ बानेश्वरस्थित पुरानो संसद् भवननजिक आकाशे पुल प्रयोग गरी बाटो काट्न आग्रह गर्दा कठायतले ड्युटीमा रहेकी महिला प्रहरीमाथि एक्कासि कुटपिट गरेका थिए।

घटनालगत्तै प्रहरीले कठायतलाई नियन्त्रणमा लिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *