आवश्यक समन्वय र सहयोगका लागि मानव अधिकार आयोगको आग्रह
काठमाडौँ, ११ भदौः राष्ट्रिय मानव अधिकार आयोगले रसुवाको भोटेकोशीमा गएको बाढीको विपद्को अवस्थामा सहयोग, समन्वय र मानवीय सेवा प्रदान गर्न आयोग सबैमा आग्रह गरेको छ ।
आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सबैलाई उद्धारका लागि आग्रह गरेको गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “विपद्पश्चात् प्रभावितहरूको सुरक्षा, बसोबास, खाद्यान्न, खानेपानी, स्वास्थ्य तथा सरसफाइलगायतका विषयहरू अझै जटिल हुनेतर्फ आयोग सबैको ध्यानाकर्षण समेत गराउँदछ ।”
यही भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँलगायत जिल्लाका १५ स्थानीय तहमा जनधनको ठूलो क्षति पुग्न गएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ ।
आयोगले प्रभावित क्षेत्रहरूमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकार, राजनीतिक दल, सङ्घसंस्था, नागरिक, प्रदेश तथा स्थानीय तहबाट आवश्यक कार्यहरु भइरहेको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।
