`

विपद्का बेला खटिने सुरक्षाकर्मीको भत्ता बढाइने

Nepal One HD ११ भदौ २०८३ १९:०३
प्रमुख खबर

काठमाडौं ।सरकारले बाढी, पहिरो, आगलागीलगायत प्राकृतिक विपद्का समयमा ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता र दैनिक खाजा खर्च बढाउने निर्णय गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले विपद्का समयमा अग्रपङ्क्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको सेवा–सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो।

विपद्का बेला सुरक्षाकर्मीले आफ्नो ज्यान जोखिममा राखेर उद्धार, राहत तथा व्यवस्थापनका कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। उनीहरूको योगदानको कदर गर्दै सेवा–सुविधा वृद्धि गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार विपद् व्यवस्थापनका कामलाई थप प्रभावकारी, द्रुत र परिणाममुखी बनाउन अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीलाई राज्यका तर्फबाट सम्मान र प्रोत्साहनको अनुभूति गराउन आवश्यक रहेकाले सेवा–सुविधा परिमार्जन गरिएको हो।

प्राधिकरणको कार्यकारी समितिको निर्णयपछि सम्बन्धित सुरक्षा निकायले आफ्नो तालुकदार मन्त्रालयमा आवश्यक प्रस्ताव पठाउनुपर्नेछ। त्यसपछि सम्बन्धित मन्त्रालयले आवश्यक निर्णय गरी परिमार्जित सेवा–सुविधा कार्यान्वयनको प्रक्रिया अघि बढाउनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *