बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र, १३ हजार २९५ सुरक्षाकर्मी परिचालन
प्रमुख खबर
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ । विपद्मा परेका नागरिकको उद्धार तथा सुरक्षाका लागि गृह प्रशासनले १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरेको छ ।
उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बल नेपालका १ हजार ८४५ जना सुरक्षाकर्मी प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा खटिएका छन् ।
बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएपछि उद्धार टोलीले हवाई तथा पैदल मार्गबाट खोजी तथा उद्धार कार्य अघि बढाइरहेका छन् । स्थलगत पहुँच कठिन भएका स्थानमा हवाई उद्धारलाई प्राथमिकता दिइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
